कांग्रेस केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरूले धारणा राख्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम शुरू हुने भएकाे छ ।

मंगलबारबाट शुरू भएकाे बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गर्नुभएकाे विभिन्न दस एजेन्डामाथि केन्द्रित भएर छलफल हुन लागेकाे हाे ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरू हुने बैठकमा १५८ जना केन्द्रीय सदस्यहरूले धारणा राख्नेछन् । कांग्रेसमा १० जना केन्द्रिय सदस्य भने रिक्त छ ।

प्रस्तुत गरेको एजेन्डामाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई  कम्तिमा पाँच मिनेटको समय दिइनेछ भने बैठक लाइभ गर्ने नेपाली कांग्रेस स्राेतले जनाएकाे छ ।

Facebook Comments