छठ पर्व सूर्यकाे पुजा आराधना

सूर्यकाे पूजा आराधना गरेर मनाइने छठ पर्वको मुख्य दिन आइतबार सूर्यको पूजा आराधना गरिएको छ ।

आइतबार मधेश, काठमाडौं उपत्यका सहित देशका धेरै जिल्लामा मधेशी समुदायले जलाशयमा पुगी अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

काठमाडौं उपत्यकामा मधेशी समुदायले बागमतीमा गौरीघाट, थापाथली लगायतका स्थानमा छठघाट बनाएर पुजा आराधना गरेका छन् ।

छठका लागि नदी, खोला, पोखरीमा पूजा सामग्रीले सजाउने र पूजा गर्ने गरिन्छ । आज अस्ताउँदो सूर्यको पूजा गरेको ठाउँबाट सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुनेछ ।

काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा छठ पुजा गरिएको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर थापाथलीमा छठ पूजा गरिएको हो।

परिवार एवं सन्तानको सुख-समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ भने भाेलीपल्ट उदाउँदाे सूर्यलाई पूजा गरिन्छ । नेपालका तराईका जिल्लाहरूमा छठ पर्व बिशेष महत्वका साथ मनाइन्छ ।

Facebook Comments