पुराना फरार समातिन्छन, नयाँ फरार हुन दिइन्नः गृहमन्त्री लामिछाने
गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने र नयाँ घटनाका दाेषी फरार हुन नदिने बताउनुभएकाे छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै गृहमन्त्री लामिछानेले पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का रहेकाे उल्लेख गर्नुभएकाे छ ।
उहाँले लेख्नुभएकाे छ, ‘आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको छ । पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ।’
साथै उहाँले भोट माग्दा गरेका वाचाहरू नबिर्सिएको समेत बताउनुभएकाे छ । उहाँले जनताको जीवन बदल्न मेहनत गरिरहेको भन्दै धुलो धेरै र पुराना मान्यता ताेडेर अगाडि बढ्न थोरै पर्खिनु चाहिँ पर्ने बताउनुभएकाे छ ।
कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी -१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेसँग जवाफ माग्नुभएकाे थियाे ।
संसदमा सबै कुरा प्रक्रिया अनुसार हुने बताएका गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएपनि प्रहरीले पक्राउ भने गरेकाे छैन ।
यसअघि गृहमन्त्रालयले सांसद महतोलाई पक्राउ गर्न दिएकाे निर्देशन पालना नभएकाे बिषयमा ध्यानाकर्षण भएकाे जनाएकाे थियाे । गृहमन्त्रालयकाे प्रेस विज्ञप्तिकाे सर्वत्र विराेभ एवं आलाेचना भइरहेकाे छ ।

