माछा मार्ने क्रममा करेन्ट लागेर २ जनाकाे मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएकाे हाे ।

उनीहरू श्रीमान् श्रीमती रहेकाे प्रहरीले जनाएकाे छ । सोमबार अपराह्न ४ बजे करेन्ट लगाएर माछा मार्ने क्रममा स्वयं उनीहरूलाई समेत करेन्ट लागेकाे थियाे ।

पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइएकाे थियाे । अस्पतालमा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका हुन् ।

Facebook Comments