माैसम सफा रहने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाे छ भएपनि देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानूमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

रातकाे समयमा भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Facebook Comments