सुर्खेतमा गाडी दुर्घटना हुँदा ४ जनाकाे मृत्यु, १ घाइते
सुर्खेतमा ५ जना सवार गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बा.प्र.०१०२६ च ९२१३ नं.को डबल क्याप हाइलेक्स गाडी वीरेन्द्रनगर-११ झुप्राखोलास्थित रत्नराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
आइतबार बिहान साढे २ बजे छिन्चुबाट वीरर्न्द्रनगरतर्फ जाँदै गरेको उक्त गाडी दुर्घटनामा गाडीका चालक वीरेन्द्रनगर- ७ का २७ वर्षीय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका-५ का ३३ वर्षीय दीपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका-५ का ३१ वर्षीय बबिन शाही र दैलेख गुराँस गाउँपालिका-३ का ३६ वर्षीय राजेन्द्र बि.सीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार दुर्घटनापछि प्रहरीले उद्दार गरी अस्पताल लगेपनि ३ उपचारकाे क्रममा चिकित्सकले ४ जनालाइ मृत घाेषणा गरेका हुन् ।
घाइते भएका दैलेख भैरवी गाउँपालिका-५ का वीरेन्द्रराज शाहीको उपचार भइरहेको प्रहरीले जनाएकाे छ । गाडी सडकबाट ७०/८० मिटर तल खसेको हाे ।

