सुन तस्करी प्रकरण छानविन गर्न संरचना बनाउन दलहरूवीच सहमति
संसदमा रहेका दलहरूवीच सुन तस्करी प्रकरणबारे छानबिन गर्न संयन्त्र बनाउने बिषयमा सहमति भएकाे छ ।
छानबिनका लागि बनाइने संरचना र त्यसकाे कार्यादेशबारे टुंगो लगाउन शीर्ष नेताहरूकाे बैठक बस्दैछ ।
उच्चस्तरीय समितिको कार्यादेश, निर्देशित सर्त र त्यसको संरचनाको मस्यौदा आज तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाइएकाे छ ।
साे कार्यदलले मस्याैदा बुझाएपछि सुन प्रकरणबारे विवादले अवरूद्ध संसद पनि सूचारू हुने विश्वास गरिएकाे छ ।
साेमबार राति सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलबीच सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएको थियो।
Facebook Comments

