मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

देशभर माैसममा बदली र वर्षाको संभावना रहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लगातार पानी नपरेपनि केहीबेर पर्ने राेकिने फेरि पर्ने हुन सक्छ ।

महाशाखाले जनाए अनुसार अहिले नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । आज देशभर नै सामान्यदेखि आंशिक बदली हुने सम्भावना छ । बिहानैदेखि लुम्बिनी, गण्डकी, बागमतीका थोरै स्थानमा पानी पनि परिरहेको छ ।

आज दिउँसो पनि कोशी, मधेश र बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति पनि कोशी, बागमती पहाडी भूभागहरुमा वर्षाको सम्भावना छ । मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा पनि राति पानी पर्ने सम्भावना छ ।

महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिन

२०८० जेठ ९ गते (मंगलबार)

दिउँसोː देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही, मधेश प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना रहेको छ ।

रातीː  देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

२०८० जेठ १० गते (बुधबार)

दिउँसोː देशको पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ । देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशको पहाडी भू-भागहरूमा सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श ( Warning / Advisory for next 24 hours)

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  रहनुका साथै कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा-हुरीको समेत सम्भावना हुनाले त्यसबाट हुन सक्ने  क्षति/जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Facebook Comments