गाेरखामा जीप दुर्घटना, ५ जनाकाे मृत्यु
गोरखा जिल्लाकाे सहिद लखन गाउँपालिकाकाे मनकामनामा शुक्रबार बिहान जीप दुर्घटना भएकाे छ ।
जन्ती बाेकेर फर्कंदै गरेकाे प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जीप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको र १२ जना घाइते भएका प्रहरीले जनाएकाे छ ।
कोटगाउँबाट १९ जना जन्ती बोकेर पोखरीडाँडा जाँदै गरेको सहिद लखन गाउँपालिका ३ सिलिङमा शुक्रबार बिहान सवा एक बजे दुर्घटना परेकाे थियाे ।
रातकाे समयमा भएकाे तथा दुर्घटना स्थल खाेंचमा भएकाले उद्दारका लागि समय लागेकाे थियाे । जिल्ला प्रहरी कार्यालय गाेरखाका अनुसार जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरि घाइते सबैलाई उपचारका लागि तनहुँ पठाइएकोमा २ जना भने सामान्य उपचारपछि घर फर्किएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरूमा ४ जना पुरूष र १ जना महिला रहेका छन् उनीहरूकाे सनाखत हुन बाँकी छ ।

