मन्त्री भएर गणतन्त्र, संघीयताकाे विराेध नगर्न प्रचण्डकाे आग्रह

प्रधानमन्त्री भएपछि पुष्पकमल दाहाल प्रचण्डले संघीयताकाे विराेधमा नगर्न मन्त्रीहरूलाइ आग्रह गर्नुभएकाे छ ।

‘मेरै क्याबिनेटको एक जना मन्त्रीले नै संघीयता खारेज गर्नुपर्छ भन्नुभयो भनेर सुनाउनुभयो माननीय सदस्यले । मेरो गम्भीर ध्यानाकर्षण भएको छ । यो स्पष्टीकरणको विषय हुन्छ’ प्रचण्डले भन्नुभयाे ।

सरकारमा सहभागी भएपछि संविधानप्रति प्रतिवद्ध हुनुपर्ने प्रधानमन्त्री प्रचण्डकाे भनाइ छ ।

मंगलबार संसद(राष्ट्रिय सभा) बैठकलाई पहिलो पटक सम्बोधन गर्ने क्रममा उहाँले सरकार र अहिलेकाे प्रणालीमा सहभागी भएर संघीयताकाे गणतन्त्रकाे विराेध गर्न नहुने उहाँकाे धारणा थियाे ।

सम्बोधनका क्रममा उहाँले सरकारमा बसेर संघीयता र गणतन्त्रको विरोध स्वीकार्य नहुने बताउनुभयाे ।

प्रधानमन्त्री प्रचण्डले सुरुमै संघीयता, समावेशी समानुपातिक लोकतन्त्र र गणतन्त्रको बारेमा विवाद, विमति र बहस रहेपनि संविधान जारी भइसकेपछि त्यसलाइ मानेर जानुपर्ने उहाँकाे भनाइ थियाे ।

Facebook Comments