किराँत समुदायले उधौली पर्व मनाइँदै
आज उधौली पर्व । किराँत समुदायले न्वागी पर्वका रूपमा मनाउने गर्दछन । किराँत समुदायको बाहुल्यता रहेका जिल्लाहरूका साथै राजधानी लगायतका विभिन्न सहरहरूमा रहेका किराँत समुदायले सामूहिक रूपमा याे पर्व मनाउँदैछन ।

विशेष गरी किराँत समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ । योसँगै मौलिक र सांस्कृतिक कार्यक्रम गर्दै यो पर्व मनाइन्छ ।
विशेषतः पूर्वी पहाडमा बाहुल्यता रहेका राई, लिम्बू, सुनार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङ्नाम अर्थात उधौली पर्वका नामले पुकार्दै विशेष रूपमा मनाउँछन । अन्नबाली भित्राएकाे अवसर एवं प्रकृतिकाे पुजा गर्ने सांस्कृतिक पर्वका रूपमा उधाैली पर्व मनाउने चलन छ ।
यस पर्वका अवसरमा पाँचथर,ताप्लेजुङ,इलाम,धनकुटा र तेह्रथुमसहित संघीय राजधानीका काठमाडौं ललितपुर र आदिवासी जनजातिको बसोबास रहेका विदेशी भूभागमा समेत न्वागी पुजा, चियापान, सांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे छ ।
पर्वका अवसरमा राष्ट्रपति, प्रधानमन्त्री लगायतले शुभकामना व्यक्त गर्नुभएकाे छ । राष्ट्रपतिकाे शुभकामना सन्देशमा उधाैली पर्वले मानव र प्रकृतिवीचकाे सम्बन्ध उजागर गर्ने उल्लेख छ ।


