पाेखरामा नयाँ दर्ता हुने सवारी साधनमा ‘इम्बोस्ड नम्बर प्लेट ’ अनिवार्य

यातायात व्यवस्था कार्यालय, पाेखराले आइतबारदेखि कार्यालयमा नयाँ दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट ’ जडान गर्नुपर्ने प्रावधान लागू गरेको छ।

‘इम्बोस्ड नम्बर  प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने साे कार्यालयका प्रमुख डिल्ली रिजालले जानकारी दिनुभयाे।

रिजालका अनुसार अबदेखि नयाँ सवारीसाधनमा अनिवार्य गरिएको छ भने पुराना सवारीसाधनमा पनि नियमितरूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न लगाइनेछ ।

Facebook Comments