रास्वपाकाे नेतृत्वमा डाेलप्रसाद अर्याल चयन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा सदस्य हुन अयाेग्य ठहर भएसँगै साे दलले नेतृत्वबारे निर्णय लिएकाे छ ।

नागरिकता सम्बन्धि मुद्दामा प्रक्रिया पुरा नभएकाे सर्वाेच्चकाे ठहरसँगै रवि लामिछानेकाे पार्टीकाे सभापति, संसदीय दलकाे नेता, उपप्रधान एवं गृहमन्त्री र प्रतिनिधिसभा सदस्यकाे पद नरहेकाे हाे ।

शुक्रबार साँझ बसेको रास्वपाकाे केन्द्रीय समितिकाे आकस्मिक बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीसमेत रहेका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मा दिएको छ । त्यस्तै साे पार्टीकाे संसदीय दलकाे बैठकले अर्याल नै दलकाे नेता रहने निर्णय गरेकाे छ ।

रास्वपामा सभापति नरहेको अवस्थामा उपसभापति कार्यवाहक हुने व्यवस्था बमाेजिम अर्याललाई जिम्मेवारी दिइएकाे प्रवक्ता मुकुल ढकालले जानकारी दिनुभयाे ।

Facebook Comments