प्रतिनिधिसभामा बजेट पारित गर्ने कार्यसूची

संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा आज बजेट पारितका लागि प्रस्ताव पेस हुने कार्यसूची छ ।

सत्ता गठबन्धनकै सांसदहरू बजेटप्रति असन्तुष्ट छन् । गठबन्धनभित्रकै असन्तुष्टीका वीच बिहान ११ बजे बस्ने बैठमा अर्थमन्त्री प्रकाशशरण महतले बजेट पारितका लागि प्रस्ताव पेस गर्ने कार्यसूची छ।

सरकारले  संसोधान विना नै बजेट पारितका लागि प्रस्ताव पेस गर्न लागेको हो। गठबन्धनका घटकहरू जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले संसोधनविना बजेट पास नहुने बताइरहेका छन् ।

यद्यपि प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट कार्यान्वयनका क्रममा सत्ता साझेदार दलहरूकाे माग सम्बाेधन गर्ने आश्वासन दिने गरेका छन् ।

त्यसपछि खर्चकटौतीका  प्रस्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्दै बजेट पारितको प्रस्ताव पेस गर्ने कार्यसूची छ।

Facebook Comments