काठमाडाैं उपत्यकामा इन्द्रजात्रा पर्व मनाइँदै

आजदेखि काठमाडाैं उपत्यकामा इन्द्रजात्रा पर्व धुमधामका साथ मनाइँदै छ।

काठमाडौंको हनुमानढोका अगाडि विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याएपछि प्रारम्भ हुने नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ।

इन्द्रजात्राको अवसरमा आयोजना गरिने जात्राका कारण सवारी आवागमन समेत प्रभावित हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न काठमाडौं महानगरले आग्रह गरेको छ।

आज बसन्तपुर, मरू, चिंकमुगल, जैसीदेवल, लगन, ब्रह्मटोल, ह्युमत, कोहिटी, भीमसेन स्थान, मरु हुँदै बसन्तपुरसम्म रथयात्रा हुनेहुँदा ती क्षेत्रमा सवारी आवागमन प्रभावित हुने बताइएको छ।

इन्द्रजात्राका सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलापहरू समूहमा हिँडेर सञ्चालन गर्ने प्रचलन छ । जात्रा अगाडि बढ्ने क्षेत्रहरूमा सवारी आवागमन प्रभावित हुने काठमाडाैं महानगरले जनाएकाे छ ।

Facebook Comments