राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरस उच्चस्तरीय भेटवार्तामा व्यस्त

नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुटेरस आइतबार दिनैभर उच्चस्तरीय राजनतीक भेटघाटमा व्यस्त हुनुभएकाे छ ।

आइतबार विहान १ बजे नेपाल आइपुग्नुभएका महासचिव गुटेरसले आइतबार राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख, परराष्ट्रमन्त्री र राजनीतिक दलका प्रमुखसँग उच्चस्तरीय भेटवार्ता गर्नुभएकाे हाे ।

परराष्ट्रमन्त्री एनपी साउदसँग भेटेर राजनीतिक भेटघाटको सुरुवात गर्नुभएका गुटरेसले भेटवार्तामा शान्ति प्रक्रिया र जलवायू परिवर्तनका कारण नेपालले भाेग्नुपरेका समस्याका सम्बन्धमा छलफल गनुभएकाे थियाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख देवराज घिमिरेसँगकाे भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित बिषयमा छलफल भएकाे थियाे ।

भेटमा प्रधानमन्त्री र सभामुख दुवैले शान्ति प्रक्रियाका बाँकी काम र संक्रमणकालीन न्यायसम्बन्धि विधेयक छिट्टै संसदबाट पारित हुने बताउनुभएकाे थियाे ।

महासचिव गुटरेसले भने जलवायू परिवर्तन र शान्ति प्रक्रिया दुवैमा संयुक्त राष्ट्रसंघका तर्फबाट आवश्यक सहयाेग हुने बताउनुभएकाे थियाे ।

४ दिने नेपाल भ्रमणमा रहनुभएका गुटरेस पाेखरा, लुम्बिनी भ्रमणमा जाने कार्यक्रम छ भने मंगलबार संघीय संसदकाे दुवै सदनमा सम्बाेधन गर्नुहुने कार्यतालिका छ ।

Facebook Comments