पाकिस्तानमा बम विस्फाेटनमा परी १९

पाकिस्ताको पेशावरमा एक शक्तिशाली बम विस्फोटन हुँदा कम्तिमा ५९ जनाको मृत्यु भएको छ। घटनामा परेर १५७ जना घाइते भएका बिबिसीले जनाएकाे छ ।

स्थानीय समय अनुसार सोमबार दिउँसो करिब १:३० बजेतिर पार्थनाकाे समयमा मानिसहरूकाे बाक्लाे उपस्थिति रहेकाे मस्जिदमा उक्त आत्मघाती बम विस्फोट भएको थियो।

प्रहरीलाइ लक्षित गरी बम विस्फाेट गराइएकाे आंशका गरिएकाे छ । मृत्यु हुनेमा अधिकांश प्रहरी अधिकारी रहेका छन्। उत्तर पश्चिमी सहर पेशावरमा प्रहरी मुख्यालय रहेको र अन्य सरकारी भवनहरूसँगै उच्च सुरक्षा क्षेत्रमा पर्ने उक्त मस्जिदमा आत्मघाती विस्फाेट भएकाे हाे । पाकिस्तान सरकारले घटनाकाे निन्दा गरेकाे छ ।

गत नोभेम्बरमा युद्धविराम भङ्ग गरेको पाकिस्तानी तालिबानका नेताले हमलाबारे फरक फरक बयान सार्वजनिक गरेका छन् । आफूले गराएको बताएको छ।

तेहरिक-ए-तालिबान पाकिस्तान अर्थात टीटीपी भनेर चिनिने पाकिस्तानी तालिबानका कमाण्डर सरबकाफ मोहमन्दले ट्वीटरमार्फत आक्रमणको जिम्मेवारी लिए पनि साेही समूहका प्रवक्ता मोहम्मद खुरासानीले आफ्नो समूहको बम विष्फोट गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन् ।

मस्जिद, सेमिनार र धार्मिकस्थललाई लक्षित गर्ने आफ्नो नीति नभएको प्रवक्ताकाे भनाइ छ ।

Facebook Comments