२६ गतेदेखि हेमजामा आलु महोत्सव हुने

‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका-२५ हेमजामा ११औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएकाे छ ।

आलुको पहाड निर्माणार्थ आलु सङ्कलन कार्य भने शुरू भइसकेकाे छ । विष्णु पादुका क्लब, हेमजाकाे आयाेजनामा चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सव हुन लागेकाे हाे ।

महोत्सव मुख्य आकर्षण आलुको पहाडका लागि आलु सङ्कलन शुरू गरिएकाे हाे ।

महाेत्सव सफल बनाउन बिभिन्न उपसमिति बनाएर काम थालिएकाे छ । करिव ३० हजार केजी आलु संकलनकाे लक्ष राखिएकाे कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयाे ।

महोत्सवमा आलुको ठूलो पहाड प्रदर्शनी, आलुका विभिन्न परिकार, तरकारी प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता समावेश गरिएकाे छ ।

Facebook Comments