आतिसबाजीसहित अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत
विश्वभर अंग्रेजी नयाँ वर्षकाे भव्य स्वागत गरिएकाे छ । पोखरामा अंग्रेजी नयाँ वर्षलाई भव्य रुपमा स्वागत गर्ने तयारीका साथ महाेत्सवकाे आयोजना गरिएको छ ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा हजारौं दर्शकको सहभागितामा आज १५ गते राती आतिसबाजीसहित नयाँ वर्ष–२०२४ लाई स्वागत गरिएकाे हाे ।
रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा लेकसाइडमा आयोजित २५औं ‘पोखरा सडक महोत्सव’मा नयाँ वर्षको स्वागतार्थ मध्यरातमा आतिसबाजी गरी नयाँ वर्षकाे स्वागत गरिएकाे हाे ।
रेवान पोखराले विगत २५ बर्ष देखि आयोजना गर्दै आएको पोखरा सडक महोत्सवको अवसरमा आज मध्यरात १२:०० बजे नयाँ अग्रेंजी बर्ष सुरु हुने भएकोले उक्त अवसरमा आतिसबाजीका साथ मनाेरन्जनका साथ नयाँ वर्षकाे स्वागत गरिएकाे हो ।
पोखरालाई पर्यटनको राजधानी घोष्णा गर्ने अन्तिम तयारी भई रहदा पोखरामा विगत लामो समय देखि पर्यटन प्रबद्र्धन गर्नका निम्ती महोत्सव हुदै आएको छ ।

आतिशबाजी हेर्न कास्की सहित छिमेकी जिल्लाबाट समेत दर्शकहरु पुगेका थिए । सडक महोत्सवमा आज बरिष्ठ लोकदोहोरी कलाकार प्रजापति पराजुुली ,बद्रीपंगेनी, चर्चित गायिक समिक्षा अधिकारी, लाहुरे र द एलिमेन्ट्सको प्रस्तुति रहकाे थियाे भने दिउसोमा रत्यौली गितप्रतियोगिता भएकाे थियाे ।

