प्रस्तावित राजदूतहरूकाे संसदीय सुनुवाइ हुने

सरकारले विभिन्न देशका लागि नियुक्तिका लागि प्रस्ताव गरेका राजदूतहरूको सुनुवाइ हुने भएको छ । संसदीय सुनुवाइ समितिको आइतबार बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।

यसअघि गत शुक्रबार समितिले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका  राजदूतमाथि उनीहरू अयोग्य रहेको उजुरी गर्ने उजुरी कर्ताहरूसँग छलफल गरेको थियो । 

राजदूतहरूबारे २४ गते र २५ गते छलफल गरी निर्णय सुनाइने कार्यतालिकामा उल्लेख छ । भदौ २१ गते तिज, २२ गते शनिबार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाइ प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना समितिले तय गरेको छ ।  

Facebook Comments