विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाको बैठकबाट विद्युतिय व्यापार विधेयक २०८० पारित भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर सापकोटाले ‘विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकाे थियाे ।

उक्त प्रस्तावमाथिको छलफलपछि विधेयक बहुमतले स्वीकृत भएको घोषणा सभामुख देवराज घिमिरेले गर्नुभएकाे हाे ।

Facebook Comments