आहारारा पोखरा गोल्डकपकाे फाइनलमा आर्मी र थ्रीस्टार भिड्दै

पोखरामा जारी आहारारा पोखरा गोल्डकपको २३औं संस्करणको फाइनल खेल आज हुँदैछ ।

दिउसाे २ बजे पाेखरा रंगशालामा हुने खेलमा उपाधिका लागि आज विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् ।

थ्रीस्टार क्लब सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई १-०र विभागीय टिम नेपाल आर्मी सेमिफाइनलमा चर्च ब्वाइजलाई २-१ ले पराजित गरेर फाइनलमा भेट पक्का गरेका हुन् ।

आहारारामा इतिहासमा थ्रीस्टार क्लबभन्दा त्रिभुवन आर्मी धेरैपटक फाइनलसम्म पुगेकाे छ । तर १५ पटक सहभागी भएपनि उपाधि चुम्न भने सकेकाे छैन । थ्रीस्टार ६ पटक सहभागी हुँदा ५ पटक आहाराराको उपाधि जितिसकेको छ ।

आर्मी यसअघि २०६५, २०६६, २०७२ र २०७५ मा फाइनलमा पुगेर उपविजेता बनेको छ भने थ्रीस्टार यसअघि २०६३, २०६७, २०६९, २०७१, २०७४ र २०७५ मा फाइनलमा पुगेकोमा २०७४ मा बाहेक सबै फाइनलमा विजयी भएको छ ।

Facebook Comments