लेबनानकाे राजधानी बेरूतमा इजरायलकाे आक्रमण

इजरायलले लेबनानकाे राजधानी बेरूतमा आक्रमण गरेकाे छ । लेबनानको आकाशमा ठूलो विष्फोट भएको भिडियो सार्वजनिक भएलगत्तै इजरायलले यो विष्फोटकाे जिम्मा लिएकाे छ ।

हिजबुल्लाह लडाकु समूहविरुद्ध लेबनानमा लडिरहेका आठ जना इजरायली सैनिक मारिएपछि इजरायलको यो पछिल्लो ठूलो आक्रमण हो । यो आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन । ६ जना स्वास्थ्यकर्मीकाे मृत्यु भएकाे लेबनानकाे सरकारले उल्लेख गरेकाे छ ।

इजरायलको आक्रमणबाट हालै हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह र गत हप्ता लेबनानको बेरुतमा आईआरजीसीका कमाण्डर अब्बास निलफोरोसनको मृत्यु भएको थियो ।

त्यसैको बदलास्वरुप इरान र लेबनानले इजरायलमाथि आक्रमण गरेका छन् । मंगलबार राति एकै दिन इरानले झण्डै २०० मिसाइल इजरायली भूमिमा प्रहार गरेको थियो ।

मध्यपुर्वमा बढेकाे तनावपछि युराेपेली मुलुक र अमेरिकाले पनि चासाे बढाएका छन् । तर तत्काल याे तनाव मत्थर हुने भने देखिएकाे छैन् ।

लेबनानको भूमिमा घुसेर इजरायली सेनाले आक्रमण गर्दै आएको छ ।

Photograph: Fadel Itani/AFP/Getty Images

Facebook Comments