त्रिभुवन आर्मी क्लबलाई आहारारा पोखरा गोल्डकपको उपाधि

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहारारा पोखरा गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जितेकाे छ ।

त्रिभुवन आर्मी क्लबले शनिबार भएको उपाधि भिडन्तमा ५ पटकको विजेता थ्रीस्टारलाई ३–० ले पराजित गरेर पहिलाे पटक उपाधि चुमेकाे हाे ।

आर्मी आहाराराको इतिहासमा नयाँ च्याम्पियन बनेको हो । आर्मीको जितका लागि जिलेप्सीजंग कार्की र फत्तेमान घले र वसन्त जिम्बाले गोल गरेका थिए । खेलको ३८ औं मिनेटमा आर्मीका जिलेप्सीले पहिलो गोल गरे, त्यस्तै खेलको ८३ औं मिनेटमा आर्मीका फत्तेमान घलेले व्यक्तिगत पहिलो र ९४ औं मिनेटमा वसन्त जिम्बाले पुनः अर्को गोल गरेका हुन् ।

उनले इन्जुरी टाइमको अन्तिम समयमा गोल रक्षक अभिषेक बराललाई क्रस गर्दै बललाई गोलमा परिणत गरे ।

विभागीय टोली त्रिभुवन आर्मी यसअघि ४ पटकसम्म फाइनल पुगेर पनि उपाधिविहीन थियो । २०६० सालदेखि हालसम्म आहाराराका १५ वटा संस्करणमा भाग लिइसकेको थियो । तर उपाधि चुम्न भने यसपटककै प्रतिस्पर्धा कुर्नुपर्याे ।

Facebook Comments