अति भारी वर्षाकाे संभावना रहेका ३४ जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह

सरकारले अति भारी वर्षाकाे संभावना भएकाे भन्दै सतर्क रहन भनेकाे छ । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३४ जिल्लामा अति भारी वर्षाकाे संभावना रहेकाे र उच्च जाेखिम रहेकाले उच्च सतर्कताका लागि सूचना जारी गरेकाे छ ।

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेकाे जनाएकाे छ ।

महाशाखाले सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहको उल्लेख गरेकाे छ ।

Facebook Comments