नोबेल विजेता युनुस बंगलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त

नोबेल पुरस्कार विजेता मोहम्मद युनुसले बंगलादेशमा अन्तरिम सरकारकाे नेतृत्व गर्नुहुने भएकाे छ ।

मङ्गलबार राति राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आन्दोलनरत विद्यार्थीका प्रतिनिधि र राजनीतिक दल सहितका सरोकारवालासँगकाे बैठकपछि युनुसलाई बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त गरिएकाे हेा ।

राष्ट्रपति मोहम्मद शहाबुद्दीनले  आम निर्वाचनमार्फत गठित १२ औँ संसद् विघटन गरेको केही घण्टापछि  युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गर्नुभएकाे हेा ।

बङ्गलादेशी पत्रिका न्यूएजले शेख हसिनाको सत्ता पतन भएको एक दिनपछि बंगभवनमा भएको संयुक्त बैठकबाट युनुसलाई छनोट गर्ने सहमति गरेर नियुक्त गरिएको समाचारमा उल्लेख गरेकाे छ ।

राष्ट्रपतिका प्रेस सचिव जोनाल आबेदिनले अन्तरिम सरकारका बाँकी सदस्यबारे राजनीतिक दल र अन्य सरोकारवालासँगको छलफलपछि टुङ्गो लाग्ने बताए ।

यसअघि युनुसको कार्यालयले आन्दोलनरत विद्यार्थीले पनि अन्तरिम सरकारको नेतृत्व युनुसले गर्ने प्रस्ताव स्वीकार गरेको पुष्टि गरेको थियो ।

Facebook Comments