मौसम : तराईमा हुस्सु, उच्च पहाडमा हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम मुख्यतया सफा रहनेछ भने देशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानहरुमा हुस्सु र कुहिरो लागेर जनजीवन कष्टकर बनेको छ ।

बिहीबार दिउँसो कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, बेलुका भने कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments