अबैध हतियार र मृगकाे छाला सहित १ जना पक्राउ

जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.२० भलामखोरबाट एक जना अबैध रुपमा बन्यजन्तुको शिकार गरेकाे आराेपमा एक जनालाई पक्राउ गरेकाे छ ।

प्रहरीले भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.२० भलामखोर बस्ने वर्ष ४२ को दिपेन्द्र के.सी.को घरभित्र लुकाई छिपाई राखेको अबैध हतियार २ नाले लंग रेन्ज मेड इन स्पेन लेखिएको बन्दुक १ थान, उक्त हतियारमा लाग्ने खोका खाली (टोटा) १३ थान, भरी खोका १ थान, बारुद जस्तो देखिने कालो पदार्थ २० ग्राम बरामद गरेकाे छ ।

साथै छर्रा बनाउन प्रयोग गरीने मेटल जस्तो पदार्थ ७७६ ग्राम, लेमन एल्लाे पाउडर लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने पहेँलो रंगको धुलो पदार्थ -३६० ग्राम, POTASSIUM ACETATE लेखिएको बट्टामा रहेको बारुद बनाउन प्रयोग गरिने सेतो रंगको धुलो पदार्थ -३४५ ग्राम, मृगको जस्तो देखिने छाला १ थान, आलो मासु खुट्टा र पुच्छर सहितको ८०० ग्राम र ३ थान टर्च लाईट समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

कास्की जिल्ला अदालतबाट निज दिपेन्द्र के.सी.लाई हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको र निजलाई अबैध बन्यजन्तुको चोरी शिकारी गरेको कसुरमा जिल्ला वन कार्यालयमा थप अनुसन्धानको लागि उक्त मासु र छाला सहित पठाईने प्रहरीले जनाएकाे छ । ।

Facebook Comments