माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीकाे बैठक आज बस्दैछ । पार्टीको पहिलो विधान अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेकाे हाे ।

अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले बैठक बोलाउनुभएकाे साे बैठक शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

पार्टीको विधान अधिवेशनका विषयमा छलफल गर्न शुक्रबारदेखि स्थानीय कमिटीको बैठक बस्न लागेको सचिव गणेश साहले जानकारी दिनुभयाे ।

विधान अधिवेशनका लागि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको मस्यौदा समितिले तयार गरेको मस्यौदा विधानमाथि बैठकमा छलफल हुनेछ ।

अधिवेशनको तयारीको विषयमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरूसँग छलफल गर्नुभएकाे थियाे । सोही बैठकपछि स्थायी कमिटीमा छलफल गरेर विधान अधिवेशनको तयारीलाई टुंगोमा पु¥याउने लागिएकाे हाे ।

माओवादी केन्द्रले फागुनको १ देखि ३ गतेसमम्म विधान सम्मेलन गर्ने मिति तोकेको छ ।  

Facebook Comments