नेपाल प्रहरीमा १ हजार ९ सय बढीलाई राेजगारीकाे अवसर
नेपाल प्रहरी नेपाल प्रहरीमा १ हजार ९ सय बढीलाई राेजगारीकाे अवसर पाउने भएका छन् । नेपाल प्रहरीले प्रहरी जवान, भान्छे, हजाम लगायतका लागि १ हजार ९ सय ५० जनाकाे पदपुर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ।
जस अन्तर्गत प्रहरी जवानका लागि १ हजार ८५६ जना, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचिकार र १४ जना खेलाडी माग गरिएको छ।
खेलाडीतर्फ एथ्लेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
शुक्रबार प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेकाे सूचना अनुसार इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले फागुन २ गतेदेखि चैत ९ गतेसम्म तोकिएको प्रहरी कार्यालयमा उपस्थित भई दरखास्त दिन सक्नेछन्।

Facebook Comments

