माैसमः चार प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाे र देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
महाशाखाले हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक देखि साधारणतया बदली रहेको देखिने पूर्वानुमान गरेकाे छ ।
कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ। देशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

