प्रधानमन्त्री, राष्ट्रपतिद्वारा सोनाम ल्होसार पर्वको शुभकामना

राष्ट्रपति प्रधानमन्त्री, उपराष्ट्रपति लगायत शीर्ष नेताहरूले साेनाम ल्होसार पर्वको शुभकामना दिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गरी सोनाम ल्होसार पर्वका अवसरमा शुभकामना दिनुभएकाे हाे ।

आज पौडेल र यादवले छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उनीहरूले पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएकाे छ ।

राष्ट्रपतिले दिएको शुभकामना सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ ।

यस्तै, उपराष्ट्रपति यादवले  सामाजिक एकतासँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने आशा व्यक्त गर्र छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जारी गर्नुभएकाे शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभएकाे हाे ।

ल्हाेसार कुनै समुदाय विशेषका मात्र नभएर सिङ्गो राष्ट्रका साझा पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सन्देशमा ल्होसारले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई प्रगाढ र सुदृढ बनाउँदै लगोस् भन्ने कामना गर्दै सामाजिक न्याय, सुशासन, दिगो विकास र समृद्धि हासिल गर्ने सरकारको लक्ष्य साकार पार्न ल्होसारले एकताबद्ध हुन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएकाे छ ।

Facebook Comments