मौसम: एक-दुई ठाउँमा हल्का हिमपात अन्य ठाउँमा सफा रहने

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा आंशिक बदली रहेपनि बाँकी भूभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार हाल हाल  नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ । जसका कारण देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागको  मौसम  मुख्यतया  सफा  रहेको  छ  ।

आइतबार दिउँसो सुदूरपश्चिम र लुम्बिनी  प्रदेश सहित  देशका  पहाडी  भू-भागमा  आंशिक  बदली  रही  बाँकी  भू-भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ । आज गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू-भागका  एक-दुई  स्थानमा  हल्का  हिमपातको  सम्भावना  रहेको  छ ।

Facebook Comments