संघीय संसदका दुवै सदनकाे बैठक बस्दै

संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको प्रतिनिधिसभाकाे बैठक संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।

बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको  छ ।

बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।

मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यस्तै राष्ट्रियसभामा बैठकका लागि पनि तीन वटा कार्यसूची तय भएकाे छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७९/२०८० प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मायाप्रसाद शर्माले सार्वजनकि नीति तथा प्रयायोजित विधायन समितिको पाँचौं वार्षिक प्रतिवेदन २०८०/२०८१ पेस गर्ने कार्यसूची छ।

आजकै बैठकमा राष्ट्रिय सभाका अध्यक्षले सभाका विषयगत समितिका रिक्त सभापति पदको निर्वाचन मिति तोक्ने कार्यसूची पनि छ।

Facebook Comments