डाका समूहद्वारा सिन्धुलीमा शिक्षकमाथि गोली प्रहार

मकवानपुरको बकैया गाउँपालिका–३ हातिसुडेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बागमती गाउँपालिका–१ का  प्रेम बहादुर बम्जनमाथि गोली प्रहार भएको छ ।

मकवानपुरको बागमतीबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका बम्जनमाथि  सिन्धुलीको हरिहरपुरगढी–६ मा बोम्जनमाथी गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका बम्जनमाथि घर फर्कने क्रममा आइतबार दिउँसो ३–४ जनाको अज्ञात समूहले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा बम्जनमाथि गोली हानेको थियो ।

प्रहरीका अनुसार तीन जनाको समूहमा आएका व्यक्तिले मोटरसाइकलमा सवार रहेका बम्जनमाथी गोली प्रहार गरेको हुन । बम्जनलाई सर्लाहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि विरगंज लगिएको बताईएको छ । गोली प्रहार गर्ने ब्यक्तिहरुको खोजी कार्य भैइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments