अमेरिकाका लागि रेग्मी र चीनका लागि ओली राजदूत नियुक्त

राष्ट्रपति रामचन्द्र पौडेलले जनवादी गणतन्त्र चीन र संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएकाे छ ।

राष्ट्रपति कार्यालयले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम प्रा.डा. कृष्णप्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाई अमेरिकाका लगि राजदूत नियुक्त गरिएकाे जनाएकाे छ ।

संविधानको व्यवस्था अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।

Facebook Comments