मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाले कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली  देखि मुख्यतया सफा रहेको माैसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेकाे छ ।

महाशाखाले मंगलबार दिउँसो र राती समेत कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जनाएकाे छ । 

महाशाखाका अनुसार बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको सम्भावना रहने छ ।

Facebook Comments