राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गरिँदै

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ । राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचनका लागि गत पुस २३ मा ५२ जनाकाे उम्मेदवारी दर्ता भएकाे छ ।

राष्ट्रिय सभामा रिक्त हुन लागेको १९ स्थानका लागि माघ ११ गते निर्वाचन हुँदैछ। पुस २३ गते आठ राजनीतिक दलका ५२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। 

मनाेनयन दर्ता गराएका उम्मेदवारहरूले शुक्रबार आफ्नो नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ। शुक्रबार नै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ भने शनिबार निर्वाचन चिह्न प्रदान गरिनेछ।

मतदान माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ भने प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।

संविधानतः स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्ष कार्यकाल सकिन्छ।

Facebook Comments