नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम खेल आज
नेपाल–क्यानडा त्रिकोणात्मक एकदिवसीय शृंखलाको अन्तिम तथा तेस्रो खेल आज हुँदैछ । खेल कीर्तिपुर क्रिकेट मैदानमा बिहान सवा ९ बजे सुरु हुनेछ।
श्रृंखला अन्तर्गत यसअघि भएका दुइ खेलमा नेपालले क्यानडालाई पराजित गरिसकेकाे छ ।
शनिवार भएको दोस्रो खेलमा नेपाली खेलाडीहरूले धैर्यपूर्वक गरेको ब्याटिङका कारण क्यानडालाई पराजित गरेकाे थियाे । नेपाल आजको खेलमा सिरिज क्लिन स्विप गर्ने लक्ष्यमा मैदान उत्रदा क्यानडा भने पहिलो जितको खोजीमा मौदान प्रवेश गर्नेछ ।
नेपाली टोलीले यो सिरिज सके लगत्तै घरेलु मैदानमा नै नामिबिया र नेदरल्याण्ड्ससम्मिलत त्रिकोणात्मक लिग टु सिरिज खेल्नेछ।
उक्त सिरिज फागुन ३ देखि १३ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। नेपालले फागुन ३ र ७ मा नामिबिया तथा फागुन ५ र १३ मा नेदरल्याण्ड्ससँग खेल्नेछ।
त्रिकोणात्मक एकदिवसीय शृंखला सकिएलगत्तै यी तीन टोलीबीच टी–२० श्रृङ्खला हुनेछ। यो खेल फागुन १५ देखि २२ सम्म चल्नेछ।

