होस्टलमा बस्ने छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

आफ्नो होस्टलमा बस्दै आएकी एक छात्रालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गल्र्स होस्टलकी  सञ्चालक मधु रेग्मीलाई नियन्त्रणमा लिएको छ ।

आफ्नै होस्टलमा बस्दै आएकी बीएससी नर्सिङ अध्ययनरत् एकजना छात्रालाई दुर्व्यवहार गरेको गरेको भिडियो सार्वजानिक भएको थियो ।

भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएपछि धेरैले चासो व्यक्त गर्दै पीडित छात्राप्रति सहानुभूति व्यक्त गर्नुका साथै दोषीमाथि कारबाही गरिनुपर्ने माग गरिरहेका छन् ।

छात्रामाथि अमानवीय व्यवहार भएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

होस्टलमा बस्ने छात्रासँग रेग्मीले चैत महिनाको शुल्क मागेको भिडियोमा देखिन्छ । अहिले चैतको पेश्की शुल्क दिन तत्काल आफू असमर्थ रहेको छात्राले बताएपछि दुर्व्यवहार गरेको भिडयाेमा देख्न सकिन्छ । ।

यसैबीच, स्वतन्त्र विद्यार्थी युनियन विराटनगर नर्सिङ क्याम्पस इकाई समितिले छात्रामाथि भएको अमानवीय व्यवहारको निन्दा गरेको छ ।

मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार छात्रामाथि दुव्र्यवहार गर्ने महिलालाई नियन्त्रणमा लिएर घटनाबारे बुझ्ने काम भइरहेको छ ।

Facebook Comments