सरकारले आ. व. २०८१/८२ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याउँदै

सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदैछ । वार्षिक बजेट अघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रावधान बमाेजिम नीति तथा कार्यक्रम ल्याउन लागिएकाे हाे ।

सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम आज ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

संघीय संसद्का सबै सदस्यलाई दिनको २ः४५ बजेभित्र औपचारिक पोसाकमा उपस्थिति भई आ–आफ्नो आसन ग्रहण गरिसक्न भनिएको छ।

यद्यपि सहकारी ठगी प्रकरण, साे सम्बन्धमा गृहमन्त्री रवि लामिछानेमाथि समेत छानविन गर्नुपर्ने अन्यथा सदन चल्न नदिने नेपाली कांग्रेसकाे अडान छ ।

सत्ता पक्ष विशेष गरी राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमाले संसदीय छानविन समिति गठनकाे विपक्षमा छन् । यस बिषयमा सहमति हुन नसक्दा यस अगाडि बसेकाे संसद बैठक समेत कांग्रेसले नारावाजी गरेका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएकाे थियाे ।

Facebook Comments