मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ ।
हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अबको २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली भइ कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहनेको महाशाखले जनाएको छ ।
आज राति भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्यङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ र कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

