कांग्रेसको अवरोधपछि संघीय संसदका दुवै सदन स्थगित 

नेपाली कांग्रेसकाे अवराेधका कारण संघीय संसदका दुवै सदनका बैठक प्रभावित बनेका छन् ।

मंगलबार राष्ट्रपतिले सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गरे लगत्तै बाेलाइएकाे प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले अवरोध गरेकाे हाे ।

मंगलबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठकमा कार्यसूचीमा प्रवेश नगर्दै कांग्रेस नाराबाजीमा उत्रिएपछि बैठक नै स्थागित भयाे ।

विगत दुई महिनादेखि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गरेपछि धन्यवाद प्रस्ताव पेश गर्न समेत कांग्रेसले नमानेपछि राष्ट्रियसभा र प्रतिनिधिसभाका दुवै बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएकाे हाे ।

बैठकमा अवरोध भएपछि सभामुख देवराज घिमिरे आगामी बैठक बिहीबार बिहान ११ बजे बस्नेगरि स्थगित गर्नुभयाे ।

कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम भने प्रस्तुत गर्न दिएको थियो। यद्यपि सरकारको कुनैपनि कार्यसूचीमा प्रवेश हुन नदिने कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठक निर्णय गरेको थियो ।

Facebook Comments