त्रिशूलीमा खसेको भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पर्याे
मंगलबार बिहान ४ः५०काे समयमा स्थानीयले त्रिशूलीमा गाडी खसेको सूचना दिएपछि खाेजी गर्दा भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला परेकाे छ ।
चितवन प्रहरीले नदीभित्र भारतीय नम्बर प्लेटको बोलेरो जिप फेला पारेको जनाएकाे छ ।

बिहान ४ः५० बजे नदीभित्र बत्ती बलेको जस्तो देखिएपछि सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित मिलेर खोजी गर्दा भारतीय नम्बर प्लेट BR 09GC1430 को बोलेरो जिप फेला परेको हाे ।
चितवन प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार जिपमा यात्रु सवार भए नभएकाे यकिन नभएकाले खाेजी कार्य जारी रहेकाे छ ।
चितवन प्रहरीको विपद् व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजीमा संलग्न रहेकाे छ ।
Facebook Comments

