राष्ट्रपति रामचन्द्र पौडेल बर्लिनमा
राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुग्नुभएकाे छ ।
पाैडेल जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनी पुग्नुभएकाे हाे । उहाँलाई जर्मनस्थित नेपाली राजदूत रामकाजी खड्का, दूतावासका कर्मचारी र संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति कार्यालयका अधिकारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क-वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमणका लागि बर्लिन पुग्नुभएकाे हाे ।
राष्ट्रपति पौडेलले असार ३ गते जर्मनीका समकक्षीसँग औपचारिक वार्ता गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इस्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्टिच्युट, जर्मन रिसर्च फर जीयो-साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पस, सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एण्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।
जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम समेत छ भने राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्किने कार्यतालिका छ ।

