मौसमः देशभर मनसुनी वायुको प्रभाव, मध्यम वर्षाकाे संभावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएकाे छ ।
हाल देशभर साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
Facebook Comments

