भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्न एमालेकाे माग
नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बर्खास्तीकाे भाग गरेकाे छ ।
ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरी भएको घटनामा जाँचबुझ गर्न गठित आयोगले भौतिक मन्त्री ज्वालाको नैतिक कमजोरी औँल्याएसँगै एमालेले ज्वालालाई बर्खास्ती एवं कारबाहीकाे माग गरेकाे हाे ।
मन्त्रीकै सुरक्षा अवस्था नबुझी मन्त्री घटनास्थलमा पुग्नु र नैतिक जिम्मेवारी लिन नखाेज्नुमा मन्त्री ज्वालाकाे कमजाेरी भएकाे आयोगले भनेकाे छ ।
एमालेले ज्वालालाई मन्त्रीको जिम्मेवारीमा बसिरहने छुट नभएको एमालेले जनाएकाे छ ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले ज्वालालाइ मन्त्री पदबाट बर्खास्त गरिनुपर्छ र प्रचलित कानुन बमोजिम कारबाहीको प्रक्रिया अविलम्ब अगाडि बढाइनुपर्ने उल्लेख गर्नुभएकाे छ ।
Facebook Comments

