प्रधानमन्त्री प्रचण्ड पुनः विश्वासको मत लिने तयारीमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार (७ जेठ) मा पुनः विश्वासको मत लिने तयारी गर्नुभएकाे छ ।

जेठ १ मा सक्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि उहाँले विश्वासको मत लिन लाग्नुभएकाे हाे ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले सोमबार विस्वासको मत लिने तयारी गरी सो बारे सभामुख देवराज घिमिरेलाई बिहीबार जानकारी गराउनुभएकाे संसद सचिवालयले जनाएकाे छ ।

प्रधानमन्त्रीले बिहीबार संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेसँग विस्वासको मत लिने विषयमा छलफल गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले समेत सचिवालयमा पत्र लेखेर कार्यसूचीमा राखिदिन पठाइसकेको छ ।

२०७९ पुस १० मा प्रधानमन्त्री बन्नुभएका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथोपटक हो। प्रधानमनत्रीलाई विश्वासको मत हासिल गर्न १३८ सांसदको समर्थन आवश्यक पर्छ।

Facebook Comments