प्रतिनिधि सभा बैठक आज बस्दै
प्रतिनिधि सभा बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सांसदहरूसँग प्रश्नोत्तर हुने कार्यसूची छ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर हुने संसद सचिवालयले सार्वजनिक गरेकाे कार्यसूचीमा उल्लेख छ।
आजकै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक,२०८०’का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
त्यस्तै अनुगमन तथा मूल्यांकन विधेयक सम्बन्धी प्रतिवेदन, २०८०, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन) अध्यादेश, २०८०मा प्रेम सुवालकाे संशाेधन तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संसोधन), अध्यादेश २०८० लाई स्वीकृत गरियोस्’ भनी प्रस्ताव पेश गर्ने कार्यसूची छ।
अर्थमन्त्री महतले नै ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संसोधन) विधेयक,२०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची आजकै बैठकमा राखिएको छ।

