गण्डकीमा राजिव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार मन्त्री

गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजिव गुरुङ (दीपक मनाङे) ले पद तथा गोपनियताको शपथ लिनुभएकाे छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रीमण्डल पर्नगठन गर्दै मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री नियुक्त गर्नुभएकाे हाे थियाे ।

भूमि व्यवस्था तथा कृषिमन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी थपिएको छ।
मनाङे चौथों पटक मन्त्री बन्नुभएकाे हाे ।

पहिलो पटक नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी सरकारमा दुई पटक र कांग्रेसका कृष्णचन्द्र नेपालीको सरकारमा एक पटक युवा तथा खेलकुदमन्त्री बन्नुभएकाे थियाे । मनाङेकाे पृष्ठभूमी भने विवादित छ ।

Facebook Comments